TodayPati

जलेश्वरमा लगाइएको निषेधाज्ञा आइतबारसम्मको लागि थपियो

टुडेपाटी-
महोत्तरी, साउन २१ गते ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा लगाइएको निषेधाज्ञालाई थपिएको छ ।

सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको दुई वटा वडामा गत शुक्रबार राति ११ बजे देखि लगाइएको निषेधाज्ञा आज सम्पन्न हुन लाग्दा आइतवारसम्मको लागि पूनः निषेधाज्ञा थपिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

पछिल्लो समय महोत्तरीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासनले स्थानिय प्रशासन ऐन २०२८ को उपदफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि निषेधाज्ञा जारी गरेको थियो ।

Sponsored

निषेधाज्ञा जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा रा।बि।म। क्याम्पस, उत्तरमा प्रकौली चौक, दक्षिणमा धबौलीको रातो पूल सम्म र महोत्तरी गाउँपालिका वडा नं। ३ र ५ मा निषेधाज्ञा लगाइएको छ ।

यस भन्दा पहिले जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चित कालको लागि शिल गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *