TodayPati

देशभरका १४ जिल्लामा निषेधाज्ञा, कुन कुन ठाँउ र कहिलेसम्म ?

टुडेपाटी-

जनकपुरधाम, साउन २१ गते ।

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ ।

Sponsored

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *