TodayPati

वीरगञ्जमा कोरोना कहर : एकैदिन भेटिए अहिलेसम्मकै बढी संक्रमित, दुईजनाको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, साउन २१ गते ।

वीरगञ्जमा अहिलेसम्म एकैदिन सबभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये १७ जना बाहेक सबै पर्साका हुन् । बाराका १७ जना संक्रमित छन् । संक्रमितहरु ८ वर्षदेखि ७४ वर्षसम्मको उमेर समुहका रहेको डा. उपाध्यायले बताए ।

Sponsored

पर्सामा बुधबार मात्रै दुई जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ । जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष छन् । युवतीको भने मृत्युपछि कोरोना पुष्टि भएको छ ।

वीरगञ्जमा कोरोना कहर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *