निर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा फाँसी झुण्ड्याइने
एजेन्सी-
भारत, फागुन ५ गते ।
निर्भया बलात्कार काण्डका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ । मार्च ३ बिहान ६ बजे उनीहरुलाई झन्ड्याएर मृत्युदण्ड दिइने अदालतले फैसला गरेको एनडीटीभीले जनाएको छ ।
१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र केही युवाले सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो । उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। यस घटनाको भारतभर चर्को विरोध भएको थियो ।
बलात्कारको घटना भएको ८ वर्षपछि अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई झुन्ड्याएर मृत्यु दण्ड दिने फैसला भएको हो ।
यसअघि दुईपटक अदालतले उनीहरुको मृत्युदण्डको मिति तोकेको थियो। त्यसबेला उपलब्ध कानुनी विकल्प प्रयोग गर्दै उनीहरु मृत्युदण्डको समय सार्न सफल भएका थिए ।
Sponsored