बटेश्वरको लवकुश चोकलाई पर्यटकीय स्थल बनाइने, सांसद महतोले गरे यस्तो प्रतिबद्धता
टुडेपाटी-
जनकपुरधाम, साउन १९ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित लवकुश चोकमा लवकुश जन्मजन्तीको २५ औं रजत जयन्ती समारोह सम्पन्न भएको छ ।
लवकुश विकास प्रतिष्ठानद्धारा आयोजित उक्त समारोह पुर्वराज्यमन्त्री तथा नेकपाकातर्फबाट निर्वाचित प्रदेशसभा सदस्य शत्रुधन महतोको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यले शत्रुधन महतोले कुशवाहाले लवकुश चौकको एकिकृत विकासको साथै पर्यटकिय स्थलको रुपमा विकासका लागि प्रतिवद्ध रहेको बताए । कुशवाहा समुदायका पूर्वज लवकुशको नामले स्थापित लवकुश मन्दिर, लवकुश विकास प्रतिष्ठानलगायतको विकासका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरेका हुन् ।
संघीय सरकार र प्रदेश सरकारको बजेटमार्फत ढल्केवर—जनकपुर सडकखण्डसँग जोडनेगरी बटेश्वर गाउँपालिकाको चित्रपुरसम्म कालोपत्रेको केहीदिनभित्रै ठेक्का लाग्ने बताउँदै सांसद महतोले लवकुश चोकलाई बजारीकरण र पर्यटकीय गनतव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
लवकुश विकास प्रतिष्ठान लक्ष्मीनिवासका अध्यक्ष कर्मविर महतोको अध्यक्षतामा सम्पन्न भएको समारोहमा लवकुश मंदिरको जिर्णोद्धारका लागि संसदीय विकास क्षेत्रको २ पर्यटकिय मठमंदिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका निम्ति माग गएको नामावलीमा क्षेत्र नं. ४ ंं(ख)बाट बटेश्वर गाउँपालिका–१ को लवकुश मंदिरको लागि वन पर्यटन तथा उद्योग मन्त्रालयमार्फत २० लाख रुपैया विनियोजन भई रेडकार्डमा समेत आई सकेको समेत उनले जानकारी दिए ।
Sponsored
समयसापेक्ष मंदिर निमार्ण गर्न र मंदिर निमार्णको क्रममा आर्थिक अभाव हुन नदिने सांसद महताले बताए । कार्यक्रममा बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिला देवी महतोले गाउँपालिकाले लवकुश मंदिर निमार्णका लागि वडाको बजेटमार्फत ३ लाख र ५ लाख गरि ८ लाख रुपैया लगानी गरि सकेकाले आउँदो वर्षहरुमा समेत आफुहरुले यस क्षेत्र र धार्मिक पर्यटकीय स्थल निमार्णको लागि सहयोग गर्ने बताइन् ।
यसैबीच लवकुश जन्मजयन्तीको अवसरमा सांसद महतोलगायतका अतिथिहरुले लवकुश जग्गादाता रामबहादुर महतो, लवकुश पुजा समारोहका संस्थापक लक्ष्मण महतो, वृद्ध सुगिया देवी महतो, कौशिल्या देवी महतो, मानोदेवी महतो, सारदा देवी महतो र द्रोपती देवी महतोलाई साडी र दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।