TodayPati

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई फेसबुकमा गाली गर्ने महतो जेल चलान, ११ जना पक्राउ

टुडेपाटी-

जनकपुरधाम, असार २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने ११ जना पक्राउ परेका छन् ।

Sponsored

वैशाखयता फेसबुक लगायतका समाजिक संजालमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो राखी विभिन्न गाली बेज्जती गर्दै फेसबुक स्टाटस लेख्ने ११ जनालाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

ब्यूरोबाहेक प्रधानमन्त्रीलाई गाली गर्नेलाई प्रहरीको अन्य न्युनिटले पनि पक्राउ गरेको छ ।

ब्युरोले पक्राउ गरेकाहरूमा मनोज बान्तवा राई, उज्ज्वल दुलाल, शिवनारायण महतो, ईश्वर भट्टराई, रञ्जन सापकोटा, प्रकाश ढकाल, तारा नाछिरिङ, रामकुमार श्रेष्ठ, भीमप्रसाद उपाध्य, तोरणराज पौडेल र दुर्गा बाँस्तोला छन् ।

Sponsored

पक्राउ परेकामध्ये शिवनारायण महतो पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्यको हकमा अदालतले १० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मको जरिमाना गरेर छोडेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

4 thoughts on “प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई फेसबुकमा गाली गर्ने महतो जेल चलान, ११ जना पक्राउ

  • July 6, 2020 at 3:57 am
    Permalink

    फेरी बिभेदपुर्ण कारवाही भएको छ ।समान प्रकृतिको मुद्दामा महतोलाई जेल चलान र अन्यलाई धरौटीमा छोड्नु सरासर गलत र पक्षपात हो ।यसरी राष्ट्रियता कदापी बलियो हुदैन ।

    Reply
    • July 7, 2020 at 2:39 am
      Permalink

      Kei garna naskne…. padhna chhodera Machha marna jane….Bhaisi ko puchhar samatne tesmathi chhadhane…kei garna naskne huti nabheka haru Rastrapati ra Pradhanmantri lai gali dinchhan… sake Lok Sewa ma Nam nikalnu Hakim hunu…Murdar haru kam chaina…chorta mobile hola je payo tei lekhne

      Reply
  • July 6, 2020 at 9:24 am
    Permalink

    पुलिसको ठुला अपराधी समाउने हैसियत छैन उही आफ्नो स्वतन्त्र बिचार पोख्ने निमुख पक्र्यो रवाफ देखायो !!

    Reply
  • July 9, 2020 at 12:15 am
    Permalink

    Yo bived le nai rastriyata barbad gareko x

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *