रौतहटमा थप ३८ जनामा कोरोना पुष्टि, ३ जना संक्रमित क्वारेन्टिन बाहिरका
टुडेपाटी-
रौतहट, असार १२ गते ।
रौतहटमा थ ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जना क्वारेन्टिनबाहिरका रहका छन् । स्वास्थ्य निर्देशनालयले जनाए अनुसार बिहीबार थपिएका क्वारेन्टिन बाहिरका तीन जनाहरुमा गौर नगरपालिका वडा ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुष रहेका छन् ।
३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल बजारमा पसल सञ्चालक हुन् । भारतको मोतीहारी कोरहीया घर भएका उनी गौर ५ मा रहेको ससुराली बस्दै आएका थिए ।
गौरमा भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका–२ घर भई हाल गौर ५ बस्ने १७ वर्षीय युवक हुन् । काठमाडौं जान पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको हो ।
तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा नं। ३ का २५ वर्षीय पुरुष हुन् । उनी वडाध्यक्षका सवारी चालक हुन् ।
Sponsored
संक्रमण पुष्टि भएकाहरूलाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।