TodayPati

सर्लाहीमा चार हजार घुस लिँदालिँदै लेखा अधिकृतसिहत दुईजना अख्तियारको फन्दामा

टुडेपाटी-

जनकपुरधाम, असार ९ गते ।

सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत सहित दुईजना चार हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।

Sponsored

नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रञ्‍जीतकुमार यादवलाई मंगलबार साँझ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले ४ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

उनीहरुले विज्ञापन प्रकाशित गरिदिएवापतको रकम भुक्तानीका क्रममा ४ हजार रुपैयाँ घुस लिएको बताइएको छ ।

उनीहरु दुवैलाई अख्तियारको बर्दिबासस्थित कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *