TodayPati

सप्तरीमा एक हजार घरपरिवारलाई राहत वितरण

शुभ नारायण यादव-
सप्तरी, जेठ २९ गते ।

लकडाउनको झण्डै ३ महिनापछि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारिमा राहत वितरण गरेको छ । विगत लामो समयपछि त्यहाका स्थानियबासिहरुले राहत पाएपछि कोचाबखारिका गरिब ,विपन्न तथा निमुखा जनताहरुले खुशि ब्यक्त भएका छन् । स्थानीय सोनाइ सदाले कोरोना भाइरसका कारणले झण्डै ३ महिनादेखि लकडाउन भएपछि भोकमरि भएको अवस्थामा राहत पाएकोमा खुशि छन । उनी जस्तै त्यहाका झण्डै २ हजार २ सय गरिब ,निमुखा तथा विपन्न परिवारको मुखमा आज राहत पाएपछि निके खुशियालि छाएको देखियो ।

यस्तै सोहि ठाउँकी ठकनि देवि सदाले पनि आफु र आफ्ना बाल बच्चा समेत विगत तीन महिनाको लकडाउनका कारणले भोक भोके रात बिताउनु परेको अवस्थामा राहत पाउँदा खुशि ब्यक्त गरिन्। सो राहत वितरणमा वडाअध्यक्ष बिरेन्द्र साह सहित गाउपालिका सदस्यहरु फुलो देवि ,दुलारि देवि साह ,वडा सदस्य जोगेन्द्र मुखिया , जगदेव सदा सहितकाहरुको सहभागिता रहेको थियो ।

Sponsored

नेकपा प्रतिनिधि सहदेव मण्डल ,जनता समाजवादिका बिन्देश्वर मण्डल ,जिबछ मण्डल सहितले राहत वितरण गर्ने भपाृइ चोरि गरे भागेको अवस्थामा प्रहरीले सो भपाृइ खोसिएको छ । राहत वितरणको फारम ती प्रतिनिधिहरुले ने गरेको वडाअध्यक्ष बिरेन्द्र साहले जानकारी दिनुभयो ।यसेबिच छिन्नमस्ता गाउपालिका वडा न।६ कोचाबखारिका झण्डै १ हजार २ सय घर परिवारलाई राहत वितरण गरेको वडाअध्यक्ष साहले जानकारी दिनुभयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *