बटेश्वर गाउँपालिकाको हरेक वडामा क्वारेन्टाइन निर्माण हुँदै
टुडेपाटी
बटेश्वर, जेठ २१ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाको हरेक वडामा क्वारेन्टाइन निर्माण हुने भएको छ ।
भारतबाट फर्किने गाउँपालिका बासिन्दाको संख्या बढ्न थालेपछि उनीहरुको व्यवस्थापनकालागि बाँकी चारवटै वडामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो ।
हाल वडानम्बर ५ शान्तिपुर स्थित रहेको क्वारेन्टाइनले मात्र धान्न नसकेपछि विपद व्यवस्थापन समितीको बैठकले अन्य चारवटै वडामा समेत क्वारेन्टाइन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिए ।
‘जुन वडामा मानिसको संख्या जसरी बढ्दै जान्छ त्यसरी नै क्वारेन्टाइन निर्माण गरेर उनीहरुलाई त्यहीँ वडामा सिफ्ट गरिनेछ,’ उनले भने ।
बुधवारदेखि नै क्वारेन्टाइन निर्माण सुरु गरिने उनको भनाई छ । क्वारेन्टाइन निर्माणकालागि समितीले चार वटै वडामा स्थान समेत तय गरिसकेको छ ।
Sponsored