रुकुम हत्या प्रकरणको विरोधमा जनकपुरमा दलित पत्रकार संघले गरे दीप प्रज्वलन
टुडेपाटी-
जनकपुरधाम, २० जेठ ।
रुकुम पश्चिममा दलित युवकहरुको हत्या प्रकरण समाजिक नरसंहारर रहेको प्रदेश सांसदहरुले बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा प्रदेश २ का सांसद द्वय प्रमेश्वर साह र रामअशिष यादवले यो घटना जातिय विभेद नभइसामाजिक नरसंंहार रहेको बताएका छन् ।
द्वय सांसदले न्यायका लागि सबैले मिलेर लड्नु पर्नेमा जोड दिएका हुन् । ‘घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदै पनि सरकारले गम्भीरता नदेखाउनु हसबैको लागि दुर्भाग्य हो’ सांसदद्वयले भने ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ ।’
संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्का सांसद रामअशिष यादवले अपराधलाई राज्यले बढावा दिएसम्म नेपाल सम्पन्न राष्ट्र बन्न नसक्ने ठोकुवा गरे ।
त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले भने ‘यो ठूलो अपराध हो । अपराधी जोसुकैलाई कारबाही हुनैपर्छ । तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिन्छ’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा दर्जनौंको संख्याम अधिकारकर्मीहरु सहभागि भएका थिए ।
Sponsored