TodayPati

कोरोना महामारीलाई मध्यनजर गरी काँग्रेस नेता निधिले बाँडे सुरक्षा सामाग्री

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीहरु समेत प्रभावित भईरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

नेता निधिले धनुषा क्षेत्र नम्बर–३ का सबै क्वारेन्टाइन तथा आइसोलेसन कक्षहरुमा पीपीई, ह्याण्ड ग्लोवस, एन–९५ मास्क र तापक्रम नाप्ने गन हस्तान्तरण गरेका हुन् ।

दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र क्वारेन्टाइनहरुमा खटिएको सुरक्षाकर्मी, स्वास्थकर्मी तथा नेपाली सेनाका जवानहरु समेत संक्रमणमा पर्दै गएको देखेर सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीहरुको सुरक्षाको निम्ति विभिन्न सामग्रीहरु बाँडिएको हो ।

Sponsored

जनकपुरधामको गोपाल धर्मशालामा रहेको क्वारेन्टाइन,नगराइन नगरपालिका–५ गंगुलीमा रहेको क्वारेन्टाइन,धनौजी गाउँपालिकाका २ वटा क्वारेन्टाइन,नगराइनका २ वटा क्वारेन्टाइन,डेवडिहा क्वारेन्टाइन,जटही सिमा प्रहरी चौकी,मुखियापट्टी मुसहरनिया गाउँपालिकाका ४ वटा क्वारेन्टाइनलगायतका ठाउँहरुमा सुरक्षा सामग्री बाँडिएको छ ।

ती ठाउँहरुमा पीपीई ६० थान, तापक्रम नाप्ने ह्याण्ड गन १० थान, एन–९५ मास्क ६० थान र ह्याण्ड ग्लोवस ६ सय जोडीलगायतका सामानहरु वितरण गरिएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए ।

नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण तथा उपाध्यक्ष राकेश बिक्रम साह मार्फत धनुषा क्षेत्र नम्बर–३ को विभिन्न क्वारेन्टाइनहरुमा पुगि सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । सुरक्षा सामग्री वितरण कार्यक्रममा तरुण दल धनुषाका सदस्य ज्ञानेन्द्र कर्ण, सुभाष झा, राहुल मिश्रा समेतको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *