TodayPati

जनकपुरको विवादित जग्गामा जबर्जस्ती सडक निर्माण थालिएपछि स्थानीयको विरोध

टुडेपाटी
जनकपुरधाम, जेठ २० गते ।

जनकपर उपमहानगरपालिका १९ स्थित बेंगाशिवपुरमा विवादित जग्गामा सडक निर्माण सुरु गरेपछि स्थानीयहरुले विरोध गरेका छन् ।

स्थानीय मन्दिर समेत गरी तीन पक्षले आ आफ्नो दावी गर्दै आएको जग्गामा एकतर्फी सडक निर्माण थालिएको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।

जर्बजस्ती एकतर्फी रुपमा सडक निर्माण सुरु गरिएको भन्दै स्थानीयहरुले अवरोध गरेपछि सोमवार विवाद समेत भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोली त्यहाँ पुगेपछि विवाद साम्य भएको थियो ।

Sponsored

प्रहरीले सो विषयमा छलफलकालागि स्थानीय तथा जग्गाधनी दावी गर्ने पक्षलाई छलफलकालागि बोलाएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सो विवादित जग्गाको सन्दर्भमा अदालतले समेत फरक फरक फैसला सुनाएपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *