सुरक्षित भएर उपचारमा खट्न जनकपुरका चिकित्सकहरुलाई मास्क र सेनिटाइजर वितरण
टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।
नेपाल चिकित्सक संघ जनकपुरले सोमबारदेखि चिकित्सकहरुलाई सेनिटाइजर र मास्क वितरण सुरु गरेको छ । हिमानी ट्रस्ट र नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालयको सहयोगमा जनकपुर शाखाले वितरण सुरु गरेको हो ।
चिकित्स संघ जनकपुर शाखाबाट सोमबार २ सय ५० जना चिकित्सकलाई के.एन् ९५ मास्क र सेनिटाइजर वितरण गरेको जनकपुर शाखाका सचिव डा. रामजी यादव जानकारी दिए । उनले बाँकी चिकित्सकहरुलई मंगलबार र वुधबार समेत मास्क र सेनिटाइजर वितरण गर्ने जानकारी दिए ।
कोरोना महामारीको समयमा चिकित्सक नै मानवलाई बचाउन सबभन्दा आडि रहेकाले उनीहरुलाई सुरक्षित रहन एवं आत्मबल बढाउन मास्क र सेनिटाइजर वितरण सुरु गरेको चिकित्सक संघले जनाएको छ । मंगलबार र बुधबार पुनः हुने वितरण कार्यक्रमा बाँकी रहेको चिकित्सकहरुलई मास्क र सेनिटाइजर लिन चिकित्सक संघले आह्वान गरको छ ।
जनकपुर शाखाले मास्क र सेनिटाइज वितरणको लागि पहल गरिदिएकोमा चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा.बद्री रिजाल, केन्द्रिय तथा प्रदेश २ कोरोना रोकथाम तथा उपचार कमिटीका ईन्चार्ज डा. योविन यादवलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै वितरण कार्यक्रममा चिकित्संक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामनरेश पण्डित, सचिव डा. रामजी यादव, कोषाध्यक्ष डा. रामज्ञान यादव लगायतको विशेष उपस्थित रहेको थियो । वितरण कार्यमा डा. केडी दास, डा. रोशन साह, डा. विभास गइत, डा.सज्जन ठाकुर, डा. सुनिल भिन्वार, डा. अमित गिरी लगायतले सघाएका थिए ।
Sponsored