प्रदेश सरकारले नारायणी अस्पताललाई दियो स्वास्थ्य सामाग्री सहित २५ लाख रुपैयाँ
टुडेपाटी-
वीरगञ्ज, जेठ १२ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ ।
नारायाणी उपक्षेत्रीय अस्पताल विरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले आज उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । मुख्यमन्त्री राउतले आज हस्तान्तरण गर्नु भएको सामग्रीहरुमा भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पिपिई३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ । यसका अतिरिक्त मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि प्रदेश सरकारले निर्णय गरे बमोजिम २५ लाख रुपैयाको चेक समेत हस्तान्तरण गर्नु भएको छ ।
यस अघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको संचालनका लागि ५० लाख रुपैया समेत उपलब्ध गराएको थियो । कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणकोलागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत जनाउनु भएको हो । उहाँले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, विरगंज र राजविराज बाट कोरोना परीक्षणको लागि पिसिआर मसिन जडान गरि सकेको र थप पिसिआर मेसिनको लागि पहल समेत गरि रहेको बताउनु भयो । उहाँले विरामीहरुको संख्यामा वृद्धि भए पछि विरगंज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरि सकेको उल्लेख गर्नु भयो । प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको र थप जनशक्ति पूर्ति गर्ने काम समेत गरि सकेको बताउनुभयो ।
उहाँ प्रदेशमा भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुकोलागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५÷५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै सकेको जानकारी गराउनु भयो ।
उक्त अवसरमा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य सिंग्घासन सा कलवार, जन्नत अन्सारी, प्रह्लाद गिरी, समाजवादी पार्टीका नेता सल्लाउद्दिन अन्सारी सहितको उपस्थिति रहेको थियो ।
Sponsored