सप्तरीबाट ९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
टुडेपाटी-
सप्तरी, जेठ ११ गते ।
सप्तरीमा नौ लाख रुपैयाँसहित एकजना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाहा गाउँ पञ्चायत १७ बस्ने वर्ष २८ का फुलकुमार मेहता रहेको प्रहरीले जनाएको छ ।
लकडाउनको उलंघन गरी शनिबार दिउँसो भारतबाट नेपाल प्रवेश गरेका उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलार स्थितबाट रकमसहित उनलाई पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
लुकीछिपी आउदै गरेको मेहतालाई शंकाको आधामा चेकजाँच गर्दा उनको साथमा रहेकोे नाईलनको झोला २ किलो चिनिले छोपी लुकाई छिपाई ल्याउदै गरेको ९ लाख नेपाली रुपैयाँ प्रहरी चौकी रामपुर मल्हनीया, सप्तरीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएर आवश्यक अनुसन्धान गरिरहेको छ ।