जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे, यी हुन ती व्यक्ति
टुडेपाटी
जनकपुरधाम, जेठ ११ गते ।
जनकपुरमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।
जनकपुर नर्सिंग क्याम्पसस्थित कोभिड १९ अस्पतालमा उपचारकालागि राखिएको मानसिक सन्तुलन गुमाइसकेका एक पुरुष फरार भएका हुन् ।
मानसिक सन्तुलन गुमाएका धनकौलका ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ ।
धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार मानसिक सन्तुलन गुमाएका उनलाई बाहिरबाट ढोकामा चुकुल लगाएर लक गरी राखिएको थियो ।
तर सबैजना सुतेको अवस्थामा जोडबल गरेर चुकुलको स्क्रु खोलेर उनी फरार भएको बताइएको छ । उनी यसअघि समेत पटक पटक भाग्ने प्रयास गरेपछि बाहिरबाट चुकुल लगाएर उनलाई कोठाभित्र बन्द गरेर राखिएको थियो ।
Sponsored
विहानैदेखि उनको खोजी कार्य भैरहेको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।
गएको वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका उनलाई जेठ १ गते सर्लाहीबाट ल्याएर जनकपुर नर्सिंग क्याम्पसस्थित रहेको कोभिड अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो ।
जनकपुरमा क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि कोरोना अस्प्तालमा राखिएको थियो ।