सप्तरीमा स्रोत नखुलेको ९ लाखसहित एक भारतीय पक्राउ
टुडेपाटी-
सप्तरी, जेठ १० गते ।
सप्तरीमा स्रोत नखुलेको नगद ९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर नगरपालिका-१४ कोसी बलार भन्ने ठाउँबाट भारत सुपौल बथ्नाह गाउँ पञ्चायत–१७ बस्ने २८ वर्षीय फूल कुमार मेहतालाई शनिबार दिउँसो प्रहरीले नगदसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी रामपुर मल्यनियाँबाट खटिएको प्रहरीले नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको तरकारी बोक्ने झोलाभित्र उक्त नगद फेला पारेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
Sponsored