TodayPati

नेपाल र पाकिस्तानबीचको म्याच हेर्न शैक्षिक संस्था बन्द गर्न जनकपुरधाम उपमहानगरको निर्देशन

टुडेपाटी–
जनकपुरधाम, भदौ १३ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले नेपाल र पाकिस्तानबीचको एतिहासीक म्याच हेर्नका लागि २ बजेदेखि नगरभित्रका शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ ।

बुधबार उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सिमित स्रोत साधनका वावजुद नेपाल एसिया कपमा छनोट भएर भारत र पाकिस्तान जस्ता राष्ट्रसँग खेलिरहेकाले खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति उर्जावान भावना जागृत गराउन शैक्षिक संस्थाहरुमा विदा दिन निर्देशन दिएको हो ।

Sponsored

एसिया कप अन्तर्गत पहिलो खेल ३ बजेदेखि हुने भएकाले २ बजेपश्चात कुनै पनि कक्षा संचालन नगरी विदा दिन आदेश दिइएको उपमहानगरका उपसचिव मेहीलाल यादवले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *