क्विजमा एरे प्रथम
टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।
जिल्ला स्तरिय क्विज कन्टेस्ट प्रतियोगितामा जनकपुरधामको एरे इन्टरनेसनल स्कूल प्रथम भएको छ ।
शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) धनुषाले आयोजना गरेको प्रतियोगितामा एरेका बिधार्थी समुह प्रथम भएको हो ।
प्रतियोगितामा हरेक विद्यालयको तर्फबाट एक छात्रासहित तीन जना विद्यार्थीको समुह बनाई सहभागी गराइएको थियो। एरेको तर्फबाट कक्षा सातमा अध्यनरत अनुष्का पाण्डे, आदित्य साह र कक्षा ६ मा अध्यनरत सतीश साह सहभागी भएका थिए ।
अब एरे स्कूल धनुषा जिल्लाको प्रतिनिधित्व गर्दै यही भदौ ९ गते वीरगन्जमा हुने प्रदेश स्तरीय क्विज प्रतियोगितामा भाग लिने आयोजक संस्थाले जनाएको छ । यस प्रतियोगितामा जम्मा आठ वटा विद्यालयले सहभागिता जनाएका थिए । यी स्कुलका विद्यार्थीहरुलाई पराजित गर्दै एरेका बिधार्थी प्रथम भएको हो । प्रथम भएका एरेका विद्यार्थीहरुलाई नगर प्रमुख मनोज कुमार साह र प्याब्सनका पदाधिकारीले कप र प्रमाण पत्र हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा सिदार्थ शिशु सदन दोश्रो र मोडर्न इंग्लिश बोर्डिङ स्कुल तेश्रो भएका छन् । यस प्रतियगितामा सर्वोदय सेकेन्डरी बोर्डिङ स्कूल, जानकी बोर्डिङ स्कूल, मनकामना पब्लिक स्कूल, जानकी विद्या मन्दिर र ओम आरसिएसका विद्यार्थीहरू पनि सहभागी भएका थिए।
Sponsored