TodayPati

मधेश प्रदेशः सर्पले टोक्दा एकजनाको मृत्यु

टुडेपाटी–
सर्लाही, साउन ३२ गते ।

सर्लाहीमा सर्पले टोक्दा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले टोक्दा ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको मृत्यु भएको छ ।

Sponsored

बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् ।

बुधबार राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि लालबन्दी १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिए ।

सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *