महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
महोत्तरी, साउन २९ गते ।
महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । यस्तै दुईजना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब २ बजेको समयमा सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा मिक्चरबाट अचानक करेन्ट सर्ट हुँदा करेन्ट लागेर सम्सी गाउँपालिका १ बस्ने ५५ वर्षीय राज किशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
यस्तै, सम्सीकै ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ बस्ने ३४ वर्षीय बिपिन मण्डलको उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
Sponsored