TodayPati

एनवाईईएफ जनकपुरद्वारा युवा उद्यमीलाई नेतृत्व विकास प्रशिक्षण

टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुर च्याप्टरको आयोजनामा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

जनकपुरधाममा आइतबार आयोजित सिकाई एवं प्रशिक्षण कार्यक्रममा अष्ट्रेलियाका पूर्वराजदूत, जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष तथा मोटिभेशनल स्पीकर महेशराज दाहालले युवा यद्यमीहरूलाई प्रशिक्षण दिएका हुन् ।

Sponsored

प्रशिक्षणमा पूर्वराजदूत दाहालले नेतृत्व क्षमता भएकाहरूलाई कुनै पनि उद्यम गर्न सहयोग पुग्ने बताए ।

असल नेतृत्व भए मात्र कुनै पनि व्यवसाय फस्टाउन सक्ने भएकाले उद्यमीहरूले नेतृत्व क्षमता विकासमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सिकाइ सत्रमा सहभागीहरूबीच उद्यम गर्दा आउने समस्या, अवसर र चुनौतीका विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा सहभागी युवा उद्यमीहरूले आ–आफ्नो अनुभवसमेत सुनाएका थिए ।

Sponsored

कार्यक्रममा एनवाईईएफका पदाधिकारीहरू डा.सोनु साह, अमित झा, नविन साह, राजिवकुमार रौनियारलगायत सहभागी भएका थिए । एनवाईईएफ ४० वर्ष मुनिका उदाहरणीय युवा उद्यमीहरूको संस्था हो । यसले युवा उद्यमी तथा उद्यमशीलता विकासका लागि काम गर्दै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *