TodayPati

सप्तरी पत्रकार आन्दोलनको तेस्रो दिन मौन जुलुस प्रदर्शन

टुडेपाटी–
सप्तरी, साउन २७ गते ।

क्षमायाचना सहित सूचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । शनिबार पत्रकार महासंघ सप्तरीको अगुवाईमा तेस्रो दिन उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै मौन जुलुस प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना जारी गरेको थियो ।

Sponsored

त्यसपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सुचना फिर्ता लिन भनेको थियो । तोकिएको समयमा सुचना फिर्ता नलिएपछि क्षमायाचना सहित सुचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनमा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका छन् ।

बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए । तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षरत रहने जनाएका छन् ।

आन्दोलित पत्रकार महासंघ शाखा सप्तरीको अगामी संघर्षको कार्यक्रमहरु आईतवार मैनबत्ती जुलुस प्रदर्शन गर्ने, सोमबार सिटि जुलुस प्रदर्शन गर्ने, मंगलवार १ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, बुधवार २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, बिहीवार ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, भदौ १ गते शुक्रवार २४ औं घण्टे रिले अनसन (प्रशासन कार्यालयमा) रहेको छ ।

Sponsored

महासंघले संघर्ष र सम्वादसँगै लगिने जनाउँदै मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्णकुमार मण्डललाई दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *