फोटो–भिडियो नखिच्न सप्तरी प्रशासनको उर्दी बिरुद्ध पत्रकार
टुडेपाटी–
सप्तरी, साउन २५ गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको फोटो–भिडियो नखिच्न भनेर बुधवार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरु बिहिवारदेखी आन्दोलित भएको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधवार सुचना जारी गर्दे विना अनुमति प्रसासन कार्यालय परिसरको फोटो भिडियो खिचि समाजिक सञ्जाल, अनलाईन तथा पत्रपत्रिकामा राख्न नपाइने सुचना जारी गरेको थियो ।
प्रशासन कार्यालय सप्तरीको उक्त सुचना संबिधान प्रदत पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी बिरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दे बिहिवारदेखी आन्दोलन सुरु गरेको हो । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडीवाट बिहिवार निस्केको पत्रकारहरुको बिरोध ¥याली राजविराज नगरको बिभिन्न भागको परिक्रमा गर्दे जिल्ला प्रसासन कार्यालयको मुल गेट अगाडी एक घण्टा धर्ना दिएको थियो ।
धर्नापछि आयोजित कोण सभामा बक्ता पत्रकारहरुले सप्तरीका सिडिओले संबिधान प्रदत पुर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारवाहीको माग गरेका थिए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रसासन कार्यालयको पछिल्लो सुचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुदा शुक्रवारदेखी थप कडा आन्दोलन गर्ने बताए ।
Sponsored