TodayPati

सर्लाहीमा विषालु सर्पले डस्दा बालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

सर्लाहीमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्दको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका बालकलाई आइतबार राति सुतेकै ठाउँमा करेट प्रजातिको विषालु सर्पले टोकेको थियो ।

Sponsored

राति बालकसँगै सुतेका अन्य बालबालिकाले नुरसैद्दलाई कालो सर्पले कानमा टोकेको जानकारी अभिभावलाई गराएपछि उनलाई उपचारको लागि सुरुमा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यतिबेलासम्म बालक सर्पको विषले लठ्ठ परिसकेका थिए ।

बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि नवपुरका स्वास्थ्यकर्मीले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाव दिएका थिए ।

जनकपुरमा उपचारकै क्रममा राति नै बालकको मृत्यु भएको हो। बालकको उपचारमा ढिलाई भएकाले उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

Sponsored

सर्पदंश उपचार केन्द्र नवलपुरमा पनि आईसीयू र भेन्टिलेटर मेसिन भने छ। तर, दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा त्यो भेन्टिलेटर चार वर्षदेखि कोठामा थन्क्याएर राख्ने गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *