TodayPati

मधेश प्रदेशको कामकाजी भाषा मैथिलीलाई बनाउन ज्ञापन

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

मैथिली भाषालाई मधेश प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न सरकारलाई ज्ञापन पत्र र हस्ताक्षर संकलन बुझाइएको छ । अप्पन विराटगढ परोपकार समाजसहितका संस्थाले संयुक्त रुपमा आइतबार मधेश प्रदेशकी मन्त्री सुरिता साहलाई ज्ञापन पत्र बुझाएको हो ।

समाजकी अध्यक्ष बसुन्धरा झाले ज्ञापनपत्र बुझाउँदै मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारिस गरेको बताउँदै हिन्दीलाई कामकाजी भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप लगाइन् ।

Sponsored

मधेश प्रदेशमा बहुसंख्यक मैथिली भाषा भाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनको भनाइ छ ।
उनले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक विदाको घोषणा गर्नुपर्ने समेत माग गरेकी छन् । ज्ञापनपत्र बुझाउन सखिबहिनपा मैथिलानी समूह, मैथिली विकास कोषलगायतका संस्थासमेतको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *