हरवाचरवाको तथ्यांक संकलन गर्न माग
टुडेपाटी–
जनकपुरधाम, साउन २१ गते ।
राष्ट्रिय हरवाचरवा अधिकार मंचले हरवाचरवाको लागत, प्रमाणीकरण र परिचय पत्र वितरण प्रक्रिया तत्काल थाल्नी गर्न मांग गरेको छ ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मधेश प्रदेश सरकारले आफुहरुको बिषयमा बजेटमा गरेको व्यवस्था प्रति सकारात्मक रहदै पहुचको सुनिश्चित गर्न मांग गरेको छ ।
हरवाचरवाहरुको एकिन तथ्यांकका आधारमा भुमि, आवास, शिक्षा, शिप विकार र स्वास्थ्यमा पहुच सुनिश्चत गर्न मांग गरेको छ ।
त्यसैगरि प्रदेश र स्थानिय तहबाट संचालन हुने विभिन्न र गरीब लक्षित कार्यक्रममा हरवा चरवाहरुलाई प्राथमिकतामा राखिन समेत मांग गरेको छ ।
मंचका महासचिव नागेन्द्र सदाले अहिले हरवाचरवाको वास्तवीक पहिचानको खाचो रहेको बताए । उनले उनिहरुको वास्तवीक पहिचानमा सरकारको सहयोगको आवश्यकतामा जोड दिए ।
Sponsored
महासचिव सदाले वास्तवीक पहिचान नगरिएको खण्डमा अगामी दिनमा यसबाट टाठाबाटाहरुले लाभ लिन सक्ने आशंका रहेको बताए ।