TodayPati

मधेश प्रदेश : प्रहरी र स्थानीयबीच झडप, यस्तो छ कारण

टुडेपाटी-
बारा, साउन १६ गते ।

बारामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

जिल्लाको जितपुर सिमरा–१६ टांगियाबस्तीमा मंगलबार स्थानीय र प्रहरीबीच भिडन्त भएको छ ।

Sponsored

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले हतियार रहेको आशंकामा छापा मारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।  

करिब तीन सयको सङ्ख्यामा आएका स्थानीयले १५ जनाको सङ्ख्यामा रहेका प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् ।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् ।

Sponsored

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापा मारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जङ्गल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *