गोरुको मासु बिक्री गर्न भागबन्डा गरिरहेको अवस्थामा ३ जना पक्राउ
टुडेपाटी-
मोरङ, साउन १४ गते ।
मोरङमा गोरुको मासु बिक्री गर्न भागबन्डा गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार शनिबार राति लेटाङ नगरपालिका ६ को कुशेचौरीबाट उनीहरू पक्राउ परेका हुन्।
मध्यरात करिब १२ बजे कुशेचौरीबाट लेटाङका ३९ वर्षीय नीरबहादुर दमाई, ४० वर्षीय धनकुमार तामाङ र ६१ वर्षीय रामकुमार तामाङलाई गोरु काटेर मासु प्याक गरिरहेको अवस्थामा पक्राउ गरिएकाे मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
रातिको समय गोरु काटेको सूचनासँगै इलाका प्रहरी कार्यालय, लेटाङको टोलीले उनीहरूलाई करिब ३५ किलो मासुसहित पक्राउ गरेको प्रहरी प्रवक्ता दाहालले बताए।
लेटाङ बजारबाट करिब ५ किलोमिटर उत्तरतर्फ रहेको रामकुमार तामाङको घरबाट मासु झोलामा प्याक गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
Sponsored
प्रहरीले घटनास्थलबाट खुकुरी २ थान, अचानो १ थान, ढकतराजु १ थान बरामद गरेको छ।