मधेश प्रदेशमा आज भारी वर्षाको सम्भावना, बारामा भारी वर्षा मापन
टुडेपाटी-
जनकपुरधाम, साउन १३ गते ।
बारामा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ६०.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाको निजगढ स्टेशनबाट भएको मापनमा १२ घन्टाको अवधिमा त्यहाँ १३३ मिलिमिटर वर्षा भएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा आज दिउँसो र राति भारी वर्षा हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण साना ठूला नदी खोलामा जलसतह बढ्ने र बाढी पहिरो आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Sponsored