TodayPati

पर्वको नाममा जनकपुरमा कुनै समुदायले हतियार प्रदर्शन गर्न नपाउने

टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।

प्रशासनले जनकपुरमा कुनै पनि सम्प्रदायको पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै पर्वमा कुनै पनि किसिमको हातहतियार सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपमाउने जनाएको छ ।

‘विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन तथा पर्वको अवसरमा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी, तरवार, भाला, फर्सा आदी) प्रदर्शन नगर्न÷नगराउन जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ’ प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जारी गरेको सूचनमा उल्लेख छ ।

Sponsored

सूचनाको अवज्ञा गरी कुनै किसिमको कार्य गरेमा प्रचलित कारवाही गर्ने समेत प्रशासनले सचेत गराएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *