एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।
काठमाडौंको बुढानिलकण्ठबाट एक प्रहरी हवल्दार एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा बरिष्ठ हवल्दार विष्णु सिंह छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंहले कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिएको अख्तियारले जनाएको छ ।
टंगालस्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेर अनुसन्धान थालेको छ ।