मधेश प्रदेशः लागूऔषधसहित युवक पक्राउ
टुडेपाटी–
सप्तरी, साउन १० गते ।
सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुलि बजार स्थित गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय महुली र इलाका प्रहरी कार्यालय कंचनपुरको संयुक्त प्रहरी टोलिले पैदल यात्री स्थानीय २२ वर्षीय मो. अजादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
युवकलाई चेकजाँच गर्दा उनको सथमा रहेको झोलाबाट डाईजेपाम १६ पिस एम्पुल, लिजेसिक २४ पिस एम्पुल, फेनारगन १७ पिस एम्पुल बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored