TodayPati

सप्तरीमा भारी वर्षा मापन

टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।

सप्तरीमा भरी वर्षा मापन गरिएको छ । पछिल्लो ३ घण्टायता फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सो क्षेत्र भई बहने खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन आह्वान गरेको छ ।
आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो वर्षाले झापाको बिरिङ लगायतका खोलाहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले नेपालमा मनसुन सुषुप्त अवस्थामा छ । तर स्थानीय प्रणालीका कारण बिकसित बादल देशभर घुमिरहेकाले एक–दुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
मनसुनी वर्षा गराउने न्यून चापीय प्रणालीको रेखा हाल नेपालबाट दक्षिणतर्फ भारतको आकाशमा अवस्थित भएकाले नेपालमा केही दिनयता कम पानी परेको छ ।

Sponsored

हाल नेपालभर आंशिकदेखि सामान्य बदली मात्र छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति र भोलि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *