TodayPati

मधेश प्रदेशको पर्यटन विकास कार्यालयका इन्जिनियर कुटिए

टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।

मधेश प्रदेशको पर्यटन विकास कार्यालयका ईन्जिनियर मो. युनिस राईनमाथि कार्यालयमै हातपात तथा दुव्र्यबहार भएको छ । कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेको भन्दै कार्यालयमै निर्माण व्यवसायीहरुले हातपात तथा दुव्र्यबहार गरेको प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले बताए । यादवका अनुसार ईन्जिनियरमाथि दुई÷तीन झापड प्रहार भएको हो ।


उनीमाथि दुव्र्यबहार भएको भिडियोमा देखिन्छ । एक सेवाग्राहीले उनको खल्तीमा हात हालेर जवर्जस्ती कागजात खोस्ने बेला इन्जिनियर चिच्याउँछन् । ‘कमिसको लागि फाइल रोके । भन्नु पथ्र्यो नि कमिसन चाहियो भनेर’ कार्यालयमै उनलाई घेरेर बसेका सेवाग्राहीले भने ।
कागजात खोसेका सेवाग्राही भन्छन् ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचारहरु’ त्यसपछि फेरि इन्जिनियर राईनलाई पाखुरा समातेर भन्छन् ‘कमिसनको कारणले यिनले फाइल रोके । तिमी चेक ल्याउ नभए एसपी अफिस् हिड् ।’

Sponsored


इन्जिनियर डराउँदै भन्छन् ‘यो अफिसको काम हो, अफिसमा छलफल गर्नुस् ।’

कार्यालयमै लेखाअधिकृत नविन झामाथि हातपातको प्रयास भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै केही सेवाग्राहीले हतकेलाले घाँटी समातेका थिए । तर केही सेवाग्राही रोकेपछि भने हातपात नभएको प्रत्यक्षदर्शी बताए ।
हातपात तथा दुव्र्यबहार घटन नभएको कार्यालयका प्रमुख मिन भट्टराईले दावी गरे । तर, दुव्र्यबहार घटनाको भिडियो नै छ भन्ने जिज्ञासामा उनले आफू माथि कार्यकक्षमा भएकाले थाहा नपाएको बताए । लेखाअधिकृत झाले भने कार्यालयमा सेवाग्राहीले हातपातको प्रयास गरेको स्वीकारे ।


यस आर्थिक वर्षमा पनि पर्यटन कार्यालयमा सम्पन्न ३४ योजनाको भुक्तानीको फाइल रोकिएको छ । कर्यालयका प्रमुख भटट्राईका अनुसार ३६१ मध्ये ३४ वटा भुक्तानीको फाइल रोकिएको स्वीकारे ।
समयमा फाइल नआउँदा ३४ योजनाको झण्डै ३ करोड रुपैयाँ भुक्तानी हुन नसकेको उनको भनाइ छ । भुक्तानीको लागि भने प्रक्रिया थालिएको उनले बताए ।
यता सेवाग्राहीले सम्पन्न भइसकेको योजनाको फाइल असार २० गते अघि नै बुझाएपनि कमिसनका लागि इन्जिनियर राईन, लेखाअधिकृत झासहितले भुक्तानी नगरेको सेवाग्राहीको गुनासो छ । हरेक योजना सम्झौता पूर्व नै केही निर्माणव्यवसायीबाट १० प्रतिशत र भुक्तानी गर्नेबेलासम्म ३० प्रतिशतसम्म कमिसन कर्मचारीले बुझेको सेवाग्राहीहरुको आरोप छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *