TodayPati

रमदैयाको राजदेवी मन्दिरमा चोरी गर्ने थप एकजना पक्राउ

सामाजिक फीड-
जनकपुरधाम, साउन २ गते ।

धनुषाको रमदैयाभवाडी स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मो.नसिव छन् ।
१४ फागुनमा मन्दिरबाट गरगहनासहित रुपैयाँपैसा चोरी भएको थियो ।

उनीविरु धनुषा जिल्ला अदालतमा डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा चलिरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलिले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

Sponsored

यसअघि सो मन्दिरमा चोरी गरेको आरोपमा गत चैत महिनामै धनुषा प्रहरीले चोरीको सामानसहित पाँचजना युवकलाई पक्राउ गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *