TodayPati

मधेश प्रदेशः खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

टुडेपाटी–
सप्तरी, साउन २ गते ।

खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ तिलाठी कोईलाडि गाउँपालिका ७ मन्सापुर बस्ने महादेव खंगको ८ वर्षीय छोरा गोबिन्द खंगको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

बुबाआमा संगै खेतमा गएका बालक श्री वलव नरसिंह मा.वि. स्कुल नजिकै रहेको खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *