आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?
टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।