TodayPati

अवैध रुपमा बालुवा उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।

अवैध  रुपमा वालुवा उत्खन्न गर्ने ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटेको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिका ७ औरही खोला र वडा नं. ८ स्थितमा रहेका जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन कार्यमा संलग्न रहेका ६ वटा ट्रयाकटरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Sponsored

प्रहरीले औरही खोलाबाट १.ज.१ त ८५०३ नं.को बालुवा लोड ट्रयाकटर, ना.६ त ५६४३ नं.को बालुवा लोड ट्रयाकटर नियन्त्रणमा लिएको छ ।

यस्तै जलाद खोलाबाट ज.१ त ५१३२ नं.को खाली ट्रयाकटर, ज.१ त ४४७७ नं.को बालुवा लोड ट्रयाकटर, म.प्र.०३ ००१ त ७३२३ नं.को बालुवा लोड ट्रयाकटर, ज.१ त ६३६७ नं.को बकेट सहित ट्रयाकटर नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *