धनुषाको बटेश्वर गाउँपालिकाको भित्रको जग्गाको कित्ताकाट खुल्यो
टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाको कित्ताकाट वर्गीकरण खुलेको छ । बटेश्वर गाउँपालिकाको जग्गाको वर्गीकरण गरेर फाइल नापी कार्यालय धनुषालाई बुझाएपछि कित्ताकाट खुलेको हो ।
गत शुक्रबार नापी कार्यालय धनुषामा एक कार्यक्रम आयोजन गरी गाउँपालिकाका अध्यक्ष राम आशिष महतोले नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रलाई पालिका भित्रको जग्गा वर्गीकरणको फाइल हस्तान्तरण गरेका थिए ।
कृषि क्षेत्र, घडेरी लगायत अन्य क्षेत्रहरु छुटाएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत संतोष शर्माले बताए । आज आइतबारदेखि बटेश्वर गाउँपालिका भित्रका जग्गाको कित्ताकाट खुलेको छ । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो । जसको कारण जग्गा अंशवण्डा, विक्रीवितरण लगायतमा समस्या भएको थियो ।