TodayPati

राजविराजमा ‘फोटो प्रदर्शनी’

दिवेश महतो,
जनकपुरधाम, असार ३१ गते ।

सप्तरीको राजविराजमा फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विश्व युवा दक्षता दिवसको अवसरमा संवाद फाउण्डेशनको आयोजना र मधेस कला सेतुको समन्वयमा सप्तरीको राजविराजस्थित जिल्ला समन्वय समिति को सभाहलमा आयोजित “फोटो प्रदर्शनी“ कार्यक्रम भएको हो ।

स्थानीय र जिल्लाका फोटोग्राफरहरुको कलाको सम्मान गर्दै उनीहरुले केमरामा कैद गरेका फोटोहरुलाई फ्रेममा लगाएर सभाहलभित्र प्रदर्शन गरिएको छ ।
संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षता र मधेस प्रदेश सभा सदस्य सतिश कुमार सिहं र मनिष सुमनको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ फोटो आवरण गर्दै उदघाटन गरिएको थियो।

Sponsored

कार्यक्रममा जम्मा १६ वटा फोटोग्राफरहरुले १६ वटा फोटो प्रस्तुत गरेका थिए । जसमा फोटो पात्रमा रहेका रेखा देवि गोसवामी र मुन्ना अन्सारीलाई सम्मान गरिएको थियो भने फोटोग्राफर फेसीलेटरको रुपमा सौरभ साह र फोटोग्राफर त्रिवेणी कुमार यादवलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित भएका चर्चित फोटोग्राफर मधेस कला सेतुका अध्यक्ष सुरेश कुमार मुखियाले “फोटोको माध्यमबाट संसार जगतमा आफ्नो कला र मौलिक पहिचान र साँस्कृतिक परम्पराहरूलाई विश्व सामु चिनाउनको लागि हामी तत्पर रहेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै जनमतका नेता तथा प्रदेश सांसद सतिश सिंहले कुनै पनि काम सानो र ठूलो नहुने भन्दै जुनसुकै काममा लगनशिलता र मेहनत रहे सोचे अनुसारको सफलता प्राप्त हुने बताए ।

Sponsored

त्यस्तै प्रदेश सभा सदस्य मनिष सुमनले राजविराजको परिवेशलाई, यहाँको सँस्कृति, खाना, लत्ताकपडा, रहनसहनलाई विश्व सामु फोटोकै माध्यमले चिनाउने प्रयास यहाँका स्थानीय फोटोग्राफरहरुले गरेको हुनाले धन्यवाद दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सप्तरी जिल्ला अध्यक्ष, पत्रकार, मैथिली विकास का प्रतिनिधि लगायत युवा ,विधार्थी र फोटोग्राफहरुको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *