TodayPati

मधेश प्रदेशः घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर दोषी ठहर

टुडेपाटी–
पर्सा, असार ३० गते ।

घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर विशेष अदालतबाट दोषी ठहर भएका छन्।

विशेष अदालतले घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई दोषी ठहर गरेको हो।

Sponsored

शुक्रबार न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई २०७९ असोज ३१ गते पाँच हजार घुससहित पक्राउ गरेको थियो।

आयोगले यादवविरुद्ध अनुसन्धानपछि २०७९ पुस २२ मा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *