TodayPati

मधेश प्रदेशः घरको भित्ता फोरेर चोरी

टुडेपाटी–
रौतहट, असार ३० गते ।

रौतहटमा घरको भित्ता फोरेर चोरी भएको छ ।

जिल्लाको राजदेवी नगरपालिकामा एकैपटक १० घरमा चोरी भएको छ । शुक्रबार राती १० घरको भित्ता फोरेर लाखौं रुपैयाँ बराबरको चोरी भएको हो । राजदेवी ७ मुडवालबा गाउँमा धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

Sponsored

स्थानीय मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव र एजन राय यादवको घरबाट फोरेर धनमाल चोरी भएको हो ।

रामपति यादवको घरबाट नगद ८६ हजार, एक थान सुनको कानको बाली, चाँदीको पाएल, मोबाइल १ थान, हेल्मेट १ रलताकपडा लगायतका सामान चोरी भएको छ ।

त्यस्तै स्थानीय पवन यादवको घरमा ती ठाउमा सुरुङ्ग खनेर चोरी भएको छ । उनको घरबाट ५० हजार नगद, एक थान मोबाइल र हेल्मेट चोरी भएको छ ।

Sponsored

मुकेश यादव, नरेश यादव र रामनाथ यादवको घर बाट २ थान मोबाइल चोरी भएको छ भने रामगुलाम यादवको घरबाट ३१ हजार रुपैयाँ चोरी भएको पीडित परिवारले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले घटनाको पुष्टि गर्दै त्यसबारे थप अनुसन्धान भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *