TodayPati

सर्पले टोक्दा दाजुभाइसहित ४ जनाको मृत्यु

टुडेपाटी—
काठमाडौँ, असार २६ गते ।

सर्पले टोक्दा दुई दाजुभाइसहित कपिलवस्तुमा ४ जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

भुइँमा हजुरआमासँग सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।

उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिकका उनीहरुलाई लगिएको थियो ।

पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।

Sponsored

त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले टोक्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *