TodayPati

सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा

टुडेपाटी—
सप्तरी, असार २० गते ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ ।

पानीको निकास नहुँदा अस्पतालको ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ ।

Sponsored

मंगलबार रातिबाट जिल्लामा अत्यधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।

अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् ।

निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *