TodayPati

गण्डक नहरमा भारतले छोड्यो ४ सय क्युसेक पानी

टुडेपाटी-
बारा, असार २० गते ।

नेपालको गण्डक नहरमा बुधवारसम्म भारतले ४ सय क्युसेक पानी छोडेको छ ।

दुई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले जनाएको छ ।

Sponsored

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहका अनुसार गण्डक नहरको भारततर्फको २२० आर्रडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने छन् ।

नेपालतर्फ पर्साको जगन्नाथपुरबाट सुरु भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ । हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन् ।

बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ । नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ ।  

Sponsored

भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी  गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *