TodayPati

जनकपुरको गोदाबरी हस्पिटलमा युवकको मृत्यु, पाँच लाखमा मिलापत्र

टुडेपाटी-
जनकपुरधाम, असार १९ गते ।

जनकपुकरको गोदावरी हस्पिटल प्रा.लिमा उपचारको क्रममा एक युवकको मृत्यु भएको घटना पाँच लाख रुपैयामा मिलापत्र भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का ३२ वर्षीय पपु रायको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपुर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए ।

उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले हस्पिटलमा तोडफोडको प्रयसा गरेपछि सोमबार मध्यरातिसम्म अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । राति हस्पिटलमा तोडफोड समेत भएको छ ।

Sponsored

परिवारजनले क्षतिपुर्ति र कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । मध्य राति उपचार खर्च मिनहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले क्षतिपुर्ति दिने सहमति पश्चात आफन्तजनले शव बुझेको मृतकका जेठान पर्ने दिपक पटेलले बताए ।

अचानक अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक तथा नर्सले बेवास्ता गरेको र यही ठीक हुन्छ भन्दै बाहिर लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।

हस्पिटलका इन्चार्ज सुशील कुमार साहले उपचारमा कुनै प्रकारको लापरवाही नभएको दावी गरे । उनका अनुसार बिरामीलाई त्यधिक पेट दुख्ने पेन्टाइटिस थियो । ‘बिरामी भर्ना हुने बेला नै सिरियस थिए । ४।५ वटा पेनकिलर दिएपछि मात्र दुखाइ कम भएको थियो । समय समयमा चिकित्सकले रेखदेख, औषधि उपचार चलाकै थियो । अब बिरामीको मृत्यु कसरी भयो भन्न सकिन्न’ उनले भने ।

Sponsored

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।
जनकपुरमा हस्पिटलको लापरबाहीले मृत्यु भएपछि परिवारजन लासमा पैसा बार्गेबिनंग गर्ने गरेको छ । छानविन गरी हस्पिटललाई कारबाहीको दायरमा नल्याउँदा लापरबाही गर्ने र सर्वसाधारणको ज्यान जाने क्रम चारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *