TodayPati

मधेश प्रदेश : मिटरब्याजी आरोपमा १५ जना पक्राउ

टुडेपाटी–
बारा, असार १४ गते ।

अनुचित लेनदेन (मिटरब्याज) को आरोपमा बारामा हालसम्म १५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।

Sponsored

बारामा तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्।

Sponsored

धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताए ।

यता जितपुरसिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैङ्किङ कसुर मुद्दा अन्तर्गत पक्राउ परेकी छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *