धनुषाको एक आएमईमा चोरी भएको सामानसहित दुई युवक पक्राउ
सामाजिक फीड-
जनकपुरधाम, असार ६ गते ।
धनुषामा आइएमईभित्रबाट चोरी भएको सरसमानासहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र वडा नम्बर–५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा छन् ।
धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुबैजनाले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका वडा नम्बर–९ बालगंगा चौकमा स्थानीय ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्समा चोरी भएको थियो ।
ठाको भित्ता फोडेर पसलभित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्नहरुको खोजविन गरिरहँदा स्थानीय पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको छ ।
दुवैजनामाथि चोरी मुद्दा दर्ता गरी अदालतमबाट म्याद थप गराइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored